स्टेफन हकिङ :मृत्यु टारे तर जित्न सकेनन्

स्टेफन हकिङ समकालीन वैज्ञानिक जगतकै शीर्ष व्यक्तित्व हुन् । क्वान्टम थ्योरी र जनरल रिलेटिभिटीबारेको गहन अध्ययन गरेका उनले सिंगो मानव समुदायलाई अतुलतीय योगदान दिएर संसारबाट भौतिक रूपमा बिदा भएका छन् । भौतिक शास्त्रका महान् वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमरेमा निधन भएसँगै ब्ल्याक होलबारेको गम्भीर अध्ययनकर्तालाई हामीले सधैंका लागि गुमाएका छौं । सधैं ह्वीलचियरमा देखिने हकिङ आममानिसभन्दा फरक क्षमताका मानिस हुन् ।कम्प्युटर र केही उन्नत प्रकारको उपकरण भ्वाइस सिन्थेसाइजरका माध्यमबाट संवाद गर्ने स्टिफन हकिङले भौतिक विज्ञानको संसारमा महत्वपूर्ण योगदान दिएका छन् । स्टिफल हकिङ यो पुस्ताका शीर्ष र सबैभन्दा चर्चित वैज्ञानिक हुन् । ‘ओपिनियन पोल’ मा उनी विश्वका शीर्ष भौतिक वैज्ञानिकमा पर्न नसके पनि उनले भौतिकशास्त्रको अध्ययनका क्षेत्रमा दिएको अतुलनीय योगदानका कारण सबैको मनमा बसेका छन् । उनले विज्ञानका केही अलग–अलग तर समान रूपका मूलभूत क्षेत्र, जस्तोः गुरुत्वाकर्षण, ब्रम्हाण्ड विज्ञान, क्वान्टम थ्योरी, सूचना सिद्धान्त र थर्मोडायनमिक्सलाई अघि बढाउनमा अद्वितीय योगदान दिएका छन् ।हकिङको सबैभन्दा उल्लेखनीय काम भनेको ब्ल्याक होलको क्षेत्रमा गरेको खोज हो । सन् १९५९ मा हकिङले अक्सफोर्ड विश्वविद्यालयमा स्नातकको पढाइ सुरु गर्ने क्रममा वैज्ञानिकहरूले ब्ल्याक होलको सिद्धान्तलाई गम्भीरतापूर्वक लिन सुरु गरेका थिए । न्यु जर्सीस्थित प्रिन्सटन विश्वविद्यालयका जोन ह्वीलरले धेरै नजिक रहेर काम गर्दै ब्ल्याक होलको नामसम्म राखिदिएका थिए ।बेलायतका रोजर पेनरोज र सोभियन संघका योकोफ जेलदोभिचले पनि यस विषयमा खोज गरेका थिए । भौतिक विज्ञानमा आफ्नो डिग्री हासिल गरेपछि युनिभरसिटी अफ क्याम्ब्रिज कोस्मोलोजिस्टमा डेनिस स्काइमको निर्देशनमा विद्यावारिधि गर्न सुरु गरेका थिए । सामान्य सापेक्षता र ब्ल्याक होलबारे पैदा भएको उत्सुकताले उनको ध्यान खिचेको थियो । त्यसपछि उनले यसबारेमा असाधारण खोज गरेर विभिन्न तथ्य बाहिर ल्याउने काम गरेका हुन् । उनको ब्रम्हाण्डको निर्माणसम्बन्धी सिद्धान्तलाई धेरै वैज्ञानिकहरूले स्वीकार गरेका थिए ।उनले पेनरोजसँग मिलेर ब्ल्याक होलबारे विकसित गरेर र दुवैले सन् १९७० मा एक शोधपत्र प्रकाशित गरे र सामान्य सापेक्षताको अर्थ ब्रम्हाण्ड ब्ल्याक होलबाट नै सुरु भएको तथ्य बाहिर ल्याए ।सो क्रममा निकै बिरामी परेका उनले ओछ्यान परेकै बेला अचानक ब्ल्याक होलका बारेमा ज्ञान प्राप्त भएको थियो । स्काइमाको दिशा निर्देशमा नै हकिङले ‘बिग ब्यांग थ्योरी’बारे सोच्न सुरु गरेका थिए । आज उनको ब्रम्हाण्ड निर्माणबारेको सिद्धान्त धेरै वैज्ञानिकहरूले स्वीकार गरेका छन् । हकिङलाई बिग ब्यांग वास्तममा ब्ल्याक होलको उल्टो पतन नभएको महसुस भयो । स्टिफन हकिङले पेनरोजसँग मिलेर यो विचारलाई थप विकसित गरे र दुवैले सन् १९७० मा एक सोधपत्र प्रकाशित गरे । जसमा सामान्य सापेक्षताको अर्थ ब्रम्हाण्ड ब्ल्याक होलको केन्द्र (सिंगुलारिटी) बाट नै सुरु भएको हुनसक्ने उल्लेख गरे । यसैक्रममा उनी थप विरामी भएर बैसाखीको सहाराले समेत चल्न छाडे ।सन् १९७० को दशकमा ब्ल्याक होलबारे अचानक ज्ञान प्राप्त भयो । त्यसपछि उनले यसबारेमा थप अनुसन्धान गरे र ब्ल्याक होलको आकार बढ्न सक्ने तर कहिल्यै पनि नघट्ने बताए । यो कुरा सामान्य रूपमा प्रकट हुन्छ । किनकि ब्ल्याक होलमा जाने कुनै पनि वस्तु त्यसबाट बच्न सक्दैन र ब्ल्याकहोलले आफूतिर तानिहाल्छ, जसबाट ब्ल्याक होलको भार बढ्छ ।ब्ल्याक होलको भार यसको आकारबाट निर्धारित हुन्छ, जसलाई यसको केन्द्रको रेडियसबाट नापिन्छ । यो केन्द्र (घटना क्षितिज) कै बिन्दु हुन्छ, जसमा कुनै पनि वस्तु बाँच्न सक्दैन । यसको सीमा कुनै फुल्दै गरेको बेलुनजस्तो बढ्दै जान्छ । तर, हकिङले अघि बढेर ब्ल्याक होललाई सानो ब्ल्याक होलमा विभाजित गर्न नसकिने उल्लेख गरेका छन् । उनले दुईवटा ब्ल्याक होलबीच ठक्करको अवस्था आएमा पनि यस्तो हुँदैन । उनले नै मिनी ब्ल्याक होलको सिद्धान्त दिएका हुन् ।क्वान्टम थ्योरी र जनरल रिलेटिभिटीको मिलनहकिङले भौतिक विज्ञानका क्वान्टम थ्योरी र जनरल रिलेटिभिटीका यी दुवै क्षेत्रलाई एक साथ अघि बढाए । जसलाई अहिलेसम्म कुनै वैज्ञानिकले पनि एक साथ अघि बढाउन सकेका छैनन् । क्वान्टम थ्योरीका माध्यमबाट परमाणुको विवरण दिएजस्तो धेरै सूक्ष्म चिजको विवरण दिइन्छ भने जनरल रिलेटिभिटी (सामान्य सापेक्षताको सिद्धान्त) का माध्यमबाट ब्रम्हाण्डीय स्केल र तारा तथा आकाशगंगाजस्ता वस्तुको विवरण दिइन्छ । मूल रूपमा यी सिद्धान्त एक अर्कोसँग असंगत जस्तो लाग्छ । सापेक्षताको सिद्धान्तले अन्तरिक्ष कुनै कागजको पानाजस्तो चम्किलो र निरन्तरताको विकास भएको मान्दछ ।थ्योरी अफ एभरिथिङसंसारभरका भौतिक वैज्ञानिकहरू यी दुई सिद्धान्तलाई एकजुट बनाउने र ‘द थ्योरी अफ एभरिथिङ’ या हरेक वस्तुको सिद्धान्तसम्म पु¥याउन सकियोस् भनेर लागेका थिए । यस प्रकारको सिद्धान्त आधुनिक भौतिक विज्ञानका लागि कुनै पवित्र बन्धनका रूपमा हुनेछ । आफ्नो करियरको सुरुवाती क्रममा स्टिफन हकिङले यो सिद्धान्तमा रुची देखाए तर ब्ल्याक होलबारे उनको विश्लेषण यहाँसम्म पुग्न सकेन ।क्वान्टम एनालिसिसमा उनले पहिलेदेखि नै रहेका दुवै सिद्धान्तलाई एकीकृत गर्ने काम गरे । क्वान्टम थ्योरीका अनुसार रिक्त स्थान वास्तममा शून्यभन्दा धेरै टाढा रहेको छ । किनकि अन्तरिक्ष सबै संख्यामा सुचारु रूपमा रहेकाले पूर्ण रिक्त हुन सक्दैन । यसको अर्थ यहाँ कुनै गतिविधि भइरहेको छ र यो जिवित छ । अन्तररिक्षमा कण लगातार उत्पन्न भइरकेका छन् र एक अर्कासँग टकराइरहेका छन् । यसमा एक कण र अर्को प्रतिकण हुन् । यिनीहरूमा एउटामा पोजिटिभ ऊर्जा र अर्कोमा नेटेटिभ ऊर्जा भएकाले नयाँ ऊर्जा उत्पन्न भइरहेको छैन । यी दुवै कणले एक अर्कालाई यतिछिटो समाप्त पारिरहेका छन् कि यिनीहरूलाई पत्ता लगाउन नै कठिन छ । यसलाई ‘भर्चुअल पार्टिकल’ भनिन्छ । हकिङले यी दुईमध्ये एउटा ब्ल्याक होलको भित्र जाने र अर्को एक्लै बस्ने सम्भावना हुने बताएका थिए । यसरी एक्लै बस्ने कण अन्तरिक्षबाट बाहिर निस्कने उनको भनाइ थियो ।यदि ब्ल्याक होलले नेगेटिभ ऊर्जा भएको कण समाएमा ब्ल्याक होलको कुल ऊर्जा कम हुने र यसबाट उसको भारसमेत कम हुने तथा अर्को कण पोजिटिभ ऊर्जा लिएर अन्तरिक्षमा जाने उनको विश्वास छ । यसको नतिजास्वरूप ब्ल्याक होलबाट ऊर्जा निस्कनेछ । यही ऊर्जालाई हकिङले रेडिएसन भनेका छन् । हाल यो रेडिएसन लगातार कम भइरहेको हुन्छ । उनको यो सिद्धान्तले उनलाई नै गलत साबित गरिदिएको थियो अर्थात् ब्ल्याक होलको आकार कम हुनसक्छ । यसको अर्थ यो पनि हुनसक्छ कि विस्तारैविस्तारै ब्ल्याक होल नै लोप हुनसक्नेछ । यो संकुचन भने आवश्यक रूपमा क्रमिक रूपमा शान्त हुनेछैन ।हकिङले आफ्नो थ्योरी अफ एभरिथिङबाट ब्रम्हाण्डको निर्माण स्पष्ट रूपबाट परिभाषित सिद्धान्तको आधारमा भएको सुझाव दिएका थिए । उनले भनेका थिए, ‘यो सिद्धान्त ब्रम्हाण्डको निर्माण कसरी भयो र कहाँ गइरहेको छ ? के यसको अन्त्य होला ? यदि अन्त्य हुन्छ भने कसरी ? यदि हामीलाई यो प्रश्नको जवाफ प्राप्त भएमा हामी भगवानको दिमाग सम्झनेछौं ।’सन् १९४२ जनवरी ८ मा इङल्यान्डमा जन्मिएका स्टेफन हकिङले वैज्ञानिक क्षेत्रमा खासगरी भौतिक विज्ञानको क्षेत्रमा ठूलो योगदान दिए । सन् १९६३ मा मोटर न्युरोनजस्तो गम्भीर बिरामी परेका उनलाई दुई वर्षमात्रै बाँच्ने भविष्यवाणी गरिए पनि उनले त्यसलाई ७६ वर्षको उमेरसम्म टार्दै लगे र मानव संसारलाई वैज्ञानिक खोजको क्षेत्रमा महानतम योगदान दिए । उनले संसारका अरू मानिसले जस्तै मृत्युलाई जित्न सकेनन् तर आफ्ना खोजमार्फत विश्वका अरबौं मानिसको मन जित्न सफल भएका छन् । हकिङले आफ्नो जीवनकालमा जति वैज्ञानिक खोज गरेका छन् र जति खोज गर्दा गर्दै त्यसबारेको पूर्ण तथ्य फेला पार्न सकेनन्, त्यो आगामी दिनमा पनि खोजको विषय अवश्य नै बन्नेछन् । सन् १९८८ मा उनले लेखेको ‘द ब्रिफ हिस्ट्री अफ टाइम’ नामको उनको पुस्तक १ करोडभन्दा बढी प्रति बिक्री भयो । हकिङको जीवनमा आधारित द थ्योरी अफ एभरिथिङ सन् २०१४ मा निर्माण भयो । जसमा हकिङको भूमिका एडी रेडम्यानले निभाएका छन् । वास्तममा स्टेफन हकिङ विश्व मानवजगतले चिन्नैपर्ने र उनको योगदान बुझ्नैपर्ने व्यक्ति हुन् । सधैं ह्वीलचियरमा देखिने स्टेफन हकिङलाई हामीले अब भौतिक रूपमा त्यो अवस्थामा देख्न सक्ने छैनौं । उनको खोजको लामो यात्रामा यहीँ पूर्णविराम लागेको छ । तर थप खोजका लागि धेरै प्रश्न र मानव जातिको अस्त्वि रक्षाका लागि सुझावहरू दिएर उनी बिदा भएका छन् । यद्यपि, उनको यो विरासत साँच्चै जीवित रहनेछ । -राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?