जसपाले ठुलो संख्यामा भेला गरी कार्यक्रम गरेकोप्रति सरीता गिरीको आपत्ति

काठमाडौं । पूर्व सांसद एवम् तराई मधेश वृहत् लोकतांत्रिक मोर्चाकी संयोजक सरीता गिरीले जनता समाजवादी पार्टीले ठुलो संख्यामा भेला गरी कार्यक्रम गरेको प्रति आपत्ति जनाएकी छिन् ।

कोरोना महामारीका बेला ठुलो संयौको संख्यामा भेलाले सरकारले लागू गरेको मापदण्डको उल्लंघन गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

सोमवार पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री तथा स्वाथ्य मन्त्री समेत रहेका उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका पार्टीका वरिष्ठ नेताहरु उपस्थित भइ पर्साको सखुवामा शुभकामना आदान प्रदान र पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

उक्त भेला तथा कार्यक्रमले सरकारले लागू गरेको मापदण्ड उल्लंघन मात्र नभइ जनताको जीवनसँग समेत खेलबाड गरिएको उनले आरोप लगाएकी छिन् । संयोजक गिरी पहिलो जनता समाजवादी पार्टीको तर्फबाट सांसद थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?