काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि कतारी राजदूत युसुफ बीन मोहम्मद अल हायलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार उनीहरुबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
राजदूत हायल र प्रधान सेनापति महारथी थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया