सनराइज बैंक र जोन्टा क्लबबीच अनलाईन शिक्षाको लागि सहकार्य

काठमाडौं । कोरोना महमारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लामो समयदेखि सार्वजनिक विद्यालयको शिक्षा रोकिएका छन् ।

जोन्टा क्लब काठमाडौंले यस अवस्थाको बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरू पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएको भन्दै, विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पुर्‍याएको छ ।

यो पहल नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा शुरू भइरहेको छ ।

सनराइज बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंको यस पहललाई आंशिक रूपमा लगानी गरेर सहयोग पर्‍याएको छ ।

बैंकबाट प्राप्त भएको ३ लाख रुपैयाँ को प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ । महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ ।

जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस योगदानलाई ठूलो सम्मान गर्दछ र बैंकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?