खेलकुदका गतिवीधि नभएको भन्दै रिसाईन् फुटबलर ‘साम्बा’, फेसबुकबाटै गरिन् आग्रह

काठमाडौं – गत अंग्रेजी वर्षको अन्तिम महिनाको अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ को कारण विश्व आक्रान्त छ ।

कोरोनाको कहरबाट नेपाल पनि मुक्त हुन सकेको छैन । बरु पहिलो केस शुरु भएको ९ महिनामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भइरहेको छ । मृतकको संख्या थपिईरहेको छ ।

गत नेपाली वर्षको अन्तिम महिना चैत्रको दोस्रो साता सरकारले कोरोनाबाट बच्न सावधानीस्वरुप देशभर लकडाउन लागू भयो । परिक्षणको दायरा व्यापक बनाउन चुकेको सरकारले त्यसपछि पनि संक्रमित बढी भएका जिल्लाहरुमा क्रमश कतै लकडाउन, कतै लुजडाउन, कतै निषेधाज्ञा कतै कर्फ्यू लागू गर्यो तर ९ महिनापछि झनै भयावश स्थिती आईरहेको छ ।

यो बीचमा जोर बिजोर प्रणाली अपनाएर काठमाडौं उपत्यकामा सवारी गुड्न दिईएको छ । भने नजिकिएको दशैँको लागि सिट क्षमताअनुसार यात्रु राखेर सवारी आवतजावत गर्न दिईने भएको छ ।

कोरोनाको कारण सबै क्षेत्र, तह र तप्कालाईअप्ठेरो परेको यो स्थितीमा खेलाडीहरुले अब खेलकुदका गतिवीधि सञ्चालन गर्नुपर्ने माग राखेका छन् । यसैबीच नेपाली राष्ट्रिय महिला फुटबलर तथा फरवार्ड साबित्रा भण्डारी साम्बाले फुटबल तथा खेलकुद सुचारु गर्न सामाजिक सञ्जालमार्फत् अनुरोध गरेकी छिन् ।

फेसबुकमा एक सन्देश लेख्दै साम्बाले कोरोना महामारीका कारण रोकिएको खेलकुद सुचारु गर्न अपिल गरेकी हुन् । उनले लेखेकी छिन् :

म नेपाली महिल फूटबल टोलिकि सदस्य सबित्रा भन्डारी मेरो आपनो ब्याक्तीगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झौन चाहन्छु भने फूटबल मात्रै न भए सम्पुर्ण खेलकुद सुचारु गर्न किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले आपनो सघ सस्था सधाकालागी बन्द गरेर आअपनो इलम गर्दा हुन छ। खेलाडी चै सधैं काठमान्डौको धुलोमा तपाईंहरु चै चिलो गाडीमा। राष्ट्रिय खेलकुद परिसद नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिसदका ब्यक्ति र नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने र गरेको छ। तर यतिका महीना खेलाडी खेलकुद कुन दुरदसामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देखदा फूटबलमा भबिस्य खोजने भाइ बैनी हरुमा कतिको आसर परेको छ भने कुरा खुल्स्त रुपमा देखिन सकिन छ। सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि मेरो देशमा खेलकुदको विषयमा न खेलाडी बोल छ्न न वरिष्ठ ब्यक्ती एन्फा खेलाडीका लागि होइन आपनो लागी मात्र सोच छ खेलाडीको तलब भत्ताको त कुरा छोडिम एउटा् बल बोइ सम राख्न सकेको छैन । खेलाडीलाई एउटा् गतिलो पोसाक दिन सकेको छैन सबै देशमा फूटबल सुरु भैसक्दा पनि मेरो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडिओको लागि प्रेबेस खुला छ राष्ट्रिय टोली अभियास गर्न प्रवेश बन्द छ। आखिर कैले सम नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिर्हेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फूटबल राजनिती जस्तो होइन बोले र मख पर्न फूटबलमा हात खुट्टाले दिमाग् लगा र खेल्ने गरिन चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको छेतिपुर्ती कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउथो उ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्या जिउ । जय देश जय देश जय नेपाली फूटबल । 

आज (मंगलबार) राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सरकारलाई खेलकुद सुचारु गर्न सामाजि सञ्जालमार्फत घच्घच्याएका थिए ।

 

आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आपनो ब्याक्तीगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झौन चाहन्छु भने फूटबल मात्रै न भए सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरि पुर्ण सुचारु गर्न हजुरहरुलाइ आनुरोध गर्दछु किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धि निकाएमा बसेको के अर्थ रयो र । खेलाडी चै सधैं काठमान्डौको धुलोमा तपाईंहरु चै चिलो गाडीमा। नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिसदका मान्य जिउ र समान्य आदरणीय नेपाल सरकार जिउनले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने र गरेको छ। तर यतिका महीना खेलाडी खेलकुद कुन दुरदसामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देखदा फूटबलमा भबिस्य खोजने भाइ बैनी हरुमा कतिको असर परेको छ भने कुरा खुल्स्त रुपमा देखिन सकिन छ। सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भए न । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडिओको लागि प्रेबेस खुला हुने। फूटबलका लागि खेल्न चै किन न हुने फूटबलले देशका लागि तेति ठूलो असर पार्छ र। अबका दिनमा सम्पुर्ण खेलमैदान मा खेल सुचारु गर्दिन आनुरोध गर्द छु आखिर कैले सम नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिर्हेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फूटबल राजनिती जस्तो होइन बोले र मख पर्न फूटबलमा हात खुट्टाले दिमाग् लगा र खेल्ने गरिन चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको छेतिपुर्ती कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउथो उ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्या जिउ। । जय देश जय देश जय नेपाली फूटबल ।

उनीहरुको स्टाटसमा धेरैले सहमपित जनाउँदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खेलकुद अघि बढाउनुपर्ने भन्दै समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?