महालक्ष्मी विकास बैंकले ऋणीहरुलाई व्याजमा छुट दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा महालक्ष्मी विकास बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गन बैंकले जनाएको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?