१४ जेष्ठ २०८०, आईतवार

वातवारणमन्त्रीलाई अंग्रेजीको पिरलो, अंग्रेजी बुझ्दिनन्, भाषण पनि रोमनमा गर्छिन् मन्त्री चौधरी

२०७४,आश्विन,११,बुधबार ०१:४४

0
Shares

काठमाडौँ, ११ असोज- वातावरणमन्त्री मिथिला चौधरी मैथिली राम्रोसँग बोल्छिन् । नेपाली पनि बुझ्छिन्/बोल्छिन् । अंग्रेजी चाहिं फिटिक्कै बुझ्दिनन् । तिनै मन्त्री विदेश भ्रमण र विदेशमा अंग्रेजीमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन मरिहत्ते गर्ने गरेकी छन् ।मन्त्री बनेको दुई महिनापछि भदौमा उनी पहिलो विदेश भ्रमणका रूपमा थाइल्यान्ड गइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन त्यहाँ गएकी चौधरीलाई अंग्रेजी भाषा बाधक बन्यो । ‘भाषाको समस्याले कार्यक्रमबारे बुझ्ने अवसर नै पाइनँ,’ सोमबार उनले आफ्नै कार्यकक्षमा अनुभव सुनाइन्, ‘दोभासेको सहयोग भए पनि मन्त्रीहरूको छलफलमा भाग लिन सकिनँ ।’ उनले रोमनमा लेखिएको अंग्रेजीमा मन्तव्य दिइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीमा महिलामन्त्री उनी एक्ली थिइन् ।जसोतसो गरेर थाइल्यान्डको दुईदिने कार्यक्रममा इज्जत जोगाएर फर्किएकी मन्त्री चौधरी स्विट्जरल्यान्ड जाने तयारीमा छिन् । मर्करीसम्बन्धी मिनामाता महासन्धिको राष्ट्रसंघीय सम्मेलन (कोप १) मा सहभागी हुन उनी बुधबार जेनेभा जान लागेकी हुन् । त्यहाँ पनि उनले भाषाको समस्या झेल्नुपर्नेछ ।नेपालका तर्फबाट मन्त्री चौधरीले जेनेभामा पनि रोमनमै लेखिएको अंग्रेजीमा मन्तव्य दिनेछिन् । स्वकीय सचिवको समेत काम गर्ने छोरा अभिनव चौधरीले भाषण तयार गरिदिएका छन् । भाषाका कारण समस्या झेल्नुपरेको मन्त्रीलाई पनि अनुभव हुन थालेको छ । ‘विदेशमा हुने कार्यक्रममा भाषा ठूलो समस्या हुने रहेछ,’ उनले भनिन्, ‘कर्मचारीले सहयोग गरे त ठिकै हो, नत्र बेकामे भइने ।’ चौधरी नेकपा संयुक्तको कोटामा मन्त्री बनेकी हुन्, कान्तिपुरमा खबर छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९