डिभिलियर्सको बिस्फोटक ब्याटिङ : स्टेडियम बाहिरको सडकमा पुग्यो बल

काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांग्लोर र कोलकता नाइट राइडर्सबीचको खेलमा एबी डिभिलियर्सले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

IPL

कोलकतासँगको खेलमा ब्यांग्लोरका ब्याट्सम्यान डिभिलियर्सले ३३ बलमा नट आउट ७३ रनको योगदान दिएका हुन् ।

IPL

उनको बिस्फोटक ब्याटिङको सहयोगमा ब्यांग्लोरले कोलकतालाई ८२ रनको ठूलो स्कोरले हराएको हो ।

IPL

यो ब्यांग्लोरसँग कोलकताको सबैभन्दा ठूलो अन्तरको हार हो । उनले आफ्नो पारीमा ५ चौका र ६ छक्का प्रहार गरेका थिए ।

IPL

उनका केहि छक्का त यति माथिबाट प्रहार भएका थिए कि, एक छक्का स्टेडियम बाहिरको सडकसम्म पुगेको थियो ।

खेलमा ब्यांग्लोरले कोलकतालाई २० ओभरमा १९५ रनको टार्गेट दिएको थियो ।

१६ औँ ओभरको तेश्रो बलमा उनले एउटा छक्का स्टेडियम बाहिरको सडकमा पुर्याइदिएका थिए ।

जवाफी ब्याटिङ गरेको कोलकताले भने २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ११२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?