नेसन्स लिग फुटबल : जर्मनी र स्विजरल्याण्ड भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आज (मंगलबार) जर्मनी र स्विजरल्याण्ड भिड्दै छन् । समूह चरणको चौंथो खेलमा जर्मनी र स्विजरल्याण्ड भिड्न लागेका हुन् ।

जर्मनीको घरेलु मैदानमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ । घरेलु मैदानमा जर्मनी दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । जर्मनीले अघिल्ला ३ खेलमा १ जित र २ बराबरी खेलेको थियो ।

लिग ए समूह चारमा रहेको जर्मनी ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । यता, स्विजरल्याण्ड पनि जितको खोजीमा हुनेछ । पुछारमा रहेको स्विजरल्याण्डले १ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?