आईपीएलमा ५ दिनको ट्रान्सफर विन्डो : २ भन्दा कम म्याच खेलेका ९० खेलाडी अर्को टीममा जान सक्ने

काठमाडौं । आईपीइलको १३ औँ सीजनमा आधा जति खेल खेलिसकिएका छन् ।

फर्स्ट हाफ सकिएसँगै आईपीएलमा ५ दिनको मिड सीजन ट्रान्सफर प्रोसेस शुरु भएको छ । यसमा एक अर्का टीमले खेलाडी परिवर्तन गर्न सक्नेछन् ।

यो मात्र ति खेलाडीहरुका लागि मात्रै लागू हुन्छ, जसले यस सीजनमा ७ म्याचमा २ भन्दा कम म्याच मात्र खेलेका छन् ।

दुई म्याच मात्र खेलेका प्लेयर्समा यसपटक ९० जना रहेका छन् ।

यसमा १२.५० करोडका राजस्थान रोयल्सका बेन स्टोक्सदेखि १० करोडका रोयल च्यालेन्जर्स ब्यांग्लोरका क्रिस मोरिससमेत रहेका छन् ।

त्यस्तै ८ करोडका मुम्बई इण्डियन्सका नाथन कुल्टर नाइल, ५.२५ करोड रुपैयाँका दिल्लीका अंजिक्य रहाणे छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?