काठमाडौं । अनुभवी तीव्र गतिका बलर ईशान्त शर्मा आईपीएलबाट बाहिरिएका छन् ।
दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनी चोटका कारण टीमबाट बाहिरिएका हुन् ।
यसको जानकारी दिल्ली क्यापिटल्सले सोमवार दिएको हो । उनी यो सत्रमा आईपीएलबाट बाहिरिने दोश्रो खेलाडी हुन् ।
यो भन्दा पहिला अनुभवी स्पिनर अमित मिश्रा औँलामा चोट लागेका कारण टुर्नामेन्टबाट बाहिरिएका थिए ।
उनलाई ७ अक्टोबर २०२० मा टीमको ट्रेनिङका क्रममा बलिङ गर्दा घाईते भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया