सामान्य प्रशासनमन्त्री त्रिपाठी अस्पताल भर्ना

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।

एक्युट ग्यांग्रिनस कोलिसिस्टाईटिस भइ सोमवार भर्ना भएका मन्त्री त्रिपाठीको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डारेक्टर चक्रराज पाण्डेले जानकारी दिएका दिए ।

पाण्डेका अनुसार मन्त्री त्रिपाठीको डा. प्रविन विक्रम थापाको नेतृत्वमा ल्याप्रोस्कोपीक कोलिसिस्टेक्टोमी गरिएको र अहिले उनको अवस्था सामान्य रहेको छ ।

हाल मन्त्री त्रिपाठीलाई निगरानीका लागि सघन उपचार कक्षमा भर्ना गरि थप उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?