कंगनाको आक्रोश : ठूला भन्नेहरु युवतीमाथि शोषण गर्छन्, सुशान्त जस्ता युवाहरुलाई अगाडि बढ्न दिँदैनन् !

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले एक पटक फेरि बलिउड माथि आक्रोश पोखेकी छन् ।

उनले बलिउडलाई गटर बताउँदै ठूला हिरोहरुले जवान युवतीमाथि शोषण गर्ने बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिल्ली हाईकोर्टमा याचिका दायर गरेका प्रोड्यूसर्सहरुविरुद्ध खनिएकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै भनिन्, ‘बलिउड ड्रग्स, एक्सप्लाइन्टेशन, नेपोटिज्मको गटर हो, यस गटरलाई सफा गर्न भन्दा बन्द गरिएको छ, बलिउडस्ट्रिक्सब्याकले मलाई केस गरोस्, म जबसम्म जीवित रहन्छु, तबसम्म सबैलाई एक्सपोज गर्नेछु ।’

 एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?