काठमाडौं । आईपीएलको १३ औँ सीजनको २८ औँ म्याचमा हिजो रोयल च्यालेन्जर्स ब्यांग्लोर र कोलकता नाइट राइडर्सबीच खेल भएको थियो ।
जसमा ब्यांग्लोरका कप्तान विराट कोहोली र ब्याट्सम्यान एबी डिभिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । उनीहरु दुबैले ४७ बलमा १०० रन बनाए ।
जसमा डिभिलियर्सले ६ छक्का र ५ चौका हानेका थिए । उनले ३३ बलमा ७३ रन बनाए भने विराटले २८ बलमा ३३ रन बनाए ।
यस क्रममा कोलकताका मालिक अभिनेता शाहरुख खान भने उनीहरुको बिस्फोटक ब्याटिङ हेरेर अचम्मित बने ।
कोलकताले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११२ रन बनाउन सक्यो । कोलकताका कप्तान दिनेश कार्तिक सहित ८ खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया