आईपीएलमा आज हैदराबाद र चेन्नई भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको सेकेण्ड हाफ आजबाट शुरु भएको छ ।

लीगमा सबै टीमले एक अर्का टीमसँग खेलिसकेका छन् ।आजबाट सबै टीम फेरि खेल्नेछन् ।

लीगको २९ औँ म्याच आज सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ । खेल आज साँझ ७ः४५ मा हुनेछ ।

चेन्नई हैदराबादसँग व्यहोरोको हारमको बदला लिने सोचमा मैदान उत्रिनेछ । लीगको १४ औँ म्याचमा दुबईमा हैदराबादले चेन्नईलाई ७ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?