वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको र अहिलेपनि ४५ पोजेटिभ अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिए ।

हालसम्म सो अस्पतालबाट ८९६ जना भर्ना भएकोमा ७६३ जना डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?