कोलकताविरुद्ध ब्यांग्लोरको अहिलेसम्मकै ठूलो जित, एबीडि भिलियर्सको बिस्फोटक ब्याटिङ

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २८ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले कोलकता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ ।

यो कोलकताविरुद्ध ब्यांग्लोरको हालसम्मकै ठूलो जित हो । यो भन्दा पहिला ब्यांग्लोरले २०१९ मा १० रनले हराएको थियो ।

यो जितसँगै ब्यांग्लोर अंकतालिकाको तेश्रो स्थानमा पुगेको छ । ब्यांग्लोरले पहिला ब्याटिङ गर्दै १९५ रनको टार्गेट दिएको थियो ।

जवाफमा कोलकताले ९ विकेटमा मात्र ११२ रन नै बनाउन सक्यो । कोलकताका कप्तान दिनेश कार्तिकसहित ८ जना ब्याट्सम्यानले दाहोरो अंक जोड्न सकेनन् ।

यता ब्यांग्लोरको तर्फ भने एबीडिभिलियर्सले ३३ बलमै बिस्फोटक ब्याटिङ गर्दै नट आउट ३३ बलमा ७३ रन बनाए ।

त्यस्तै कप्तान विराट कोहलीले नट आउट २८ बलमा ३३ रन जोडे भने देवदत्त पडिक्कलले २३ बलमा ३२ र ऐरन फिन्चले ३७ बलमा ४७ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?