काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत्र महिनादेखि शुरु भएको लकडाउन र निषेधाज्ञापछि सरकारले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने अनुमति दिएको छ ।
हिजो (सोमवार) बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढ्दै गएको बेला व्यवसायीको दबाबमा पूर्ण क्षमताअनुसार सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।
सरकारले पूर्ण क्षमतामा यात्रु राख्न दिने निर्णय गरेसँगै ५० प्रतिशत बढी भाडा लिन पाउने प्रावधान खारेज गरेको भएको छ। अब पूर्ण क्षमतामा यात्रु बोक्ने गाडीले पुरानै दरमा भाडा लिनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया