ट्रम्प कोरोना संक्रमण मुक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमित भएको बेला पनि बिना मास्क र्‍यालीमा निस्किएका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

ट्रम्पका निजी चिकित्सक डा. सीन कोनलेले राष्ट्रपतिको स्वास्थ्य रिपोर्ट जारी गरेका हुन् । उनले राष्ट्रपतिबाट अर्कोलाई कोरोना नसर्ने बताएका छन् ।

उनी कोरोना संक्रमित पाइएपछि दोश्रो बहस रद्ध गरिएको थियो । सोमवार उनले पहिलो र्‍यालीमा समेत सहभागी जनाएका थिए ।

उनले फ्लोरिडाको र्‍यालीमा बिना मास्क सहभागी बनेका थिए । र्यालीमा कसैले मास्क लगाएका र कसैले नलगाएका देखिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?