काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
हालसम्म विश्वमा कोरोनाबाट १० लाख ८५ हजार ३३५ जनाको मृत्यु भएको छ भने ३ करोड ८० लाख ३५ हजार ४७० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ८५ लाख ९७ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९ हजार ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा हालसम्म १ लाख ९ हजार ८९४ जनाको मृत्यु भएको छ भने ७१ लाख ७३ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६२ लाख २४ हजार ७९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ३८ हजार ८७९ जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।यसैबीच भारतमा सोमवार मात्रै ५४ हजार २६५ जना संक्रमित थपिएका छन् ।
यो संख्या १० अगस्ट भन्दा यताकै सबैभन्दा कम संख्या हो । त्यस्तै सोमवार भारतमा ७१० जनाको मृत्यु भएको छ । यो संख्या २५ जुलाई यताकै सबैभन्दा कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया