हालसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए ?

कोभिड–१९ कोसंक्रमणबाट उन्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्नेहरु नेपाल फर्किने आज पनि जारी रह्यो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबार विभिन्न देशबाट १०५२ नेपाली स्वदेश फर्किएका हुन् । कतार, युएई, साउदी र मलेसियाबाट सो संख्याका नेपालीहरु स्वदेश फर्किएका हुन् ।

यस्तै हालसम्म १ लाख ३ हजार ८०७ नेपाली स्वदेश फर्किएका छन् भने नेपाली फर्किनेमध्ये सबैभन्दा धेरै युएईमा कार्यरत श्रमिकहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?