सीमास्तम्भ फेरिएको आशङ्का

लोकपथ संवाददाता
0
Shares
dxfsfnLsf] au/df k’l/Fb} d’Vo ;Ldf:tDe s~rgk’/, !& dªl;/ M eLdbQgu/kflnsf–( vNnfd;]6L If]qdf kg]{ dxfsfnL gbLsf] au/df k’l/Fb} u/]sf] g]kfn–ef/t d’Vo ;Ldf:tDe g+= *!# . rf/ jif{cl3 cfPsf] af9Ln] pQm ;Ldf:tDe 9n]sf] ePklg hL0ff]{4f/sf nflu kxn gx’Fbf afn’jfdf kl/Fb} uPsf] xf] . t:jL/M z]/axfb’/ l;+x÷/f;;

सिमकोट । कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेको बताएका छन्। नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उनले जिकिर गरे ।

नाम्खा गाउँपालिका वडा नं ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दाबी गरे ।

शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?