काठमाडौं । बलिउडकर्मीहरुले मिडियाले गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गरेको आरोप लगाएका छन् । शाहरुख खान, सलमान खान, आमिर खान, अजय देबगणलगायत स्टार फिल्मकर्मी संलग्न भएको ३४ फिल्म प्रोडक्सन हाउसका सञ्चालक र ४ फिल्म एसोसिएसन समेत अदालत पुगेका हुन् । उनीहरुले केही टिभी च्यानल र सोसँग आवद्ध पत्रकारविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
मुद्दामा च्यानल रिपब्लिक टिभी, त्यसमा आवद्ध अर्नब गोस्वामी, प्रदीप मण्डारी, च्यानल टाइम्स नाउ तथा त्यसमा आवद्ध राहुल शिवशंकर र नविका कुमारमाथि कारबाहीको माग गरिएको छ ।
उनीहरुविरुद्ध बलिउड हस्तीको विरोधमा गैरजिम्मेवार र अपमानजनक रिपोर्टिङ गर्न रोक लगाउन माग गरिएको छ । अर्नब गोस्वामी उनै हुन् जो विवादास्पद हर्कतका कारण चर्चामा हुने गर्छन् । टीआरपीका लागि अतिरञ्जित रिपोर्टिङ गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनीमाथि टीमारपीमा गोलमाल गरेको आरोपमा छानबिन समेत चलिरहेको बताइन्छ ।
सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड फिल्म उद्योग र उनीसँग निकट सम्बन्ध भएका स्टारहरुलाई जोडेर रिपोर्टिङ भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया