एबी डि भिलियर्सको बिस्फोटक ब्याटिङमा ब्यांग्लोरले कोलकतालाई दियो १९५ रनको टार्गेट

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २८ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदैछ ।

शारजाहमा भईरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको ब्यांग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको छ । १९५ रनको विजयी लक्ष्य पाएको कोलकता केहि समयपछि ब्याटिङ गर्दैछ । ब्यांग्लोरका ऐरन फिञ्चले ४७, देवदत्त पड्डिकलले ३२, कप्तान विराट कोहोलीले नट आउट ३३ र एबि डि भिलियर्सले नट आउट ३३ बलमा ७३ रन बनाए ।

अंकतालिकामा कोलकता तेश्रो र ब्यांग्लोर चौथो स्थानमा रहेका छन् ।

दुबै टीमबीच भएका पछिल्ला ५ खेलमा ब्यांग्लोरले मात्र एकपटक नै कोलकतालाई पराजित गर्न सकेको छ ।

आजको खेल जित्दै कोलकता जितको ह्याट्रीक गर्ने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?