चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षिया महिला रहेकी छन् ।
श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको आज दिउँसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लम्सालले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया