काठमाडौं । प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाललाई कोरोना संक्रमण भएको छ ।
केहीदिनदेखि अस्वस्थ भएका दाहालको हिजो दिएको पिसीआर परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको सङ्गठनका नेता राजेश राईले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको नेता राईको भनाइ छ । दाहाल घरमै आइसोलेसनमा बसेको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया