कोरोना संक्रमणबाट एक जनाको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका –४ वाङ्ला निवासी एक महिलाको कोरोनाको संक्रमणका कारण आज अपराह्न मृत्यु भएको छ । भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि आज बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको स्थानीयवासी रामजी भट्टराईले बताए ।

उपचारका सिलसिलामा गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो । काठमाडौंमा बसोबास गर्ने उनको परिवार दशैँ मनाउन दुई हप्ताअघि आफ्नो घरमा आएको जनाइएको छ ।

परासी –नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज पोखरीमा डुबेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका–४ का ३० वर्षीय छत्रमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार आज घर नजीकैको पोखरीमा डुबेको अवस्थामा चौधरीको शव फेला परेको थियो । मादक पदार्थ सेवन गरेका कारण पोखरीमा डुबेको हुन सक्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?