आईपीएल : टस जितेर ब्याटिङ गर्दै ब्यांग्लोर

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २८ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदैछ ।

शारजाहमा भईरहेको खेलमा ब्यांग्लोरले टस जितेर ब्याटिङ रोजेको छ । योसँगै कोलकता फिल्डिङमा उत्रिएको छ । कोलकतालाई हराउँदै ब्यांग्लोर अंक तालिकामा अगाडि बढ्न चाहान्छ ।

अंकतालिकामा कोलकता तेश्रो र ब्यांग्लोर चौथो स्थानमा रहेका छन् ।

दुबै टीमबीच भएका पछिल्ला ५ खेलमा ब्यांग्लोरले मात्र एकपटक नै कोलकतालाई पराजित गर्न सकेको छ ।

आजको खेल जित्दै कोलकता जितको ह्याट्रीक गर्ने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?