३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेशबावु श्रेष्ठ नाम गरेका ति व्यक्तिलाई प्रहरीले चितवनको रत्ननगरबाट पक्राउ गरेको हो ।

गोरखा नगरपालिका–६ घर भएका उनलाई उच्च अदालत पाटनले ०७७ जेठ ३० मा श्रेष्ठलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।

०७५ मा राजेशबावुले खातामा पैसा नभएको जानी–जानी दिपा थपलियालाई बैंकको चेक दिए । चेक बाउन्स भएपछि प्रहरीले उनीबिरुद्ध बैंकिङ कसुरको मुद्धा चलाएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?