बलिउड अभिनेत्री अग्रवालसँग विवाह गर्दै आदित्य नारायण झा

काठमाडौं । गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।

केही समय अगाडि आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो ।

इण्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए ।

नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्यले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?