९ जेष्ठ २०७९, सोमवार

दशैंका बेला कोरियामा तीन नेपाली युवाको मृत्यु

२०७४,आश्विन,११,बुधबार ०१:३२

0
Shares

सोल, ११ असोज – देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो।ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इन्छनको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ।200×200त्यस्तै सोमबार राती मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि छ। मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ ।रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार