काठमाडौं । रुसको प्रशान्त महासागरस्थित अवाचा खाडीमा ठूलो प्राकृतिक दुर्घटना भएको छ । त्यहाँ बितेका केहि दिन यता ठूलो संख्यामा समुन्द्री जीवहरु मृत पाइएका छन् ।

त्यहाँको खाडीमा ९५ प्रतिशत समुन्द्री जीवको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसलाई रुसको अहिलेसम्मकै सबैभन्दा ठूलो समुन्द्री दुर्घटना भएको बताइएको छ । तर हालसम्म यसको कारण के हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

त्यहाँ माछा, अक्टोपस जस्ता जीवको मृत्यु भएको छ ।

द मस्को टाइम्सका अनुसार केहि वैज्ञानिकहरुले समुन्द्री जीवको मृत्युको पछि प्रदूषण भएको बताइएको छ ।

शुरुवाती अनुसन्धानका क्रममा यसबाट समुन्द्री जीव मात्रै नभई मानिसमा समेत असर भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया