काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
कुल संक्रमित मध्ये ६९.१२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ६६८७ जना
प्रदेश २ मा १५०९० जना
वाग्मती प्रदेश २९३८९ जना
गण्डकी प्रदेशमा ४२५५ जना
प्रदेश ५ मा १०७८१ जना
कर्णाली प्रदेशमा ३४८० जना
सुदूरपश्चिम प्रदेशमा ७४९५ जना
बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३३ हजार ८८० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ९२३ जना छन् । तिमध्ये २७९ जना संक्रमितको आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर र बाँके गरि १० वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो (आईतवार) नेपालमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५५२ जना संक्रमणमुक्त भएका थिए भने २२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया