काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अप्रेशन नगर्न सरकारले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको बताए ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा आईसियू र भेन्टिलेटर वेडको अभाव देखिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
प्रवक्ता गौतमका अनुसार आकस्मिक बाहेकका बिरामीहरुको अप्रेशन नगरिनाले तत्कालका लागि केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउन सहज हुने भएकाले त्यस्तो निर्देशन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया