काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार २८३ जना कोरोना संक्रमित मध्ये ११८ जना कोरोना संक्रमित भक्तपुरका रहेका छन् ।
भक्तपुरमा आज ५४ जना महिला र ६४ जना पुरुष संक्रमित गरि कुल ११८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भक्तरमा पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यो कुल संक्रमितको ६९.१२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३३ हजार ८८० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ९२३ जना छन् । तिमध्ये २७९ जना संक्रमितको आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर र बाँके गरि १० वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो (आईतवार) नेपालमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५५२ जना संक्रमणमुक्त भएका थिए भने २२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया