काठमाडौं । देशकमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा ना १ त ५८०० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा लेवर काम गर्ने कलैया उपमहानगरपालिका-२२ मदिलवा बस्ने २५ वर्षीय शेख रुस्तमको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ स्थित सडकमा प्रदेश २-०१-००१ प १६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ६५ वर्षीय सोकील मियाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको दुहबी नगरपालिका-८ कदमगाछीस्थित सडकमा को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे १ ख २४९८ नम्बरको डिजल ट्याङकरले आइतबार दिउँसोठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने ७० वर्षीय कृष्ण दाहालको घट्नास्थलमै मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-१ खोनिया पुलस्थित सडकमा ना।५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर न्यूरो अस्पताल रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया