काठमाडौं । विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्रीहरु लक्षित लगाएको भ्रष्ट्राचारको प्रमाण अख्तियारमा पेश गर्न आग्रह गरेको छ ।
डा भटट्राईले एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकी परियोजना निर्माणमा गरेको भ्रष्ट्राचारको आफूसँग प्रमाण भएको आरोप लगाएका थिए ।
साथै यस प्रकरणबारे अविलम्ब छानबिन अघि बढाउन समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विवेकशील नेपाली दलले आग्रह समेत गरेको छ ।
डा भट्टराईले आफूसँग प्रमाण भएको समेत दावी गरेको भन्दै विवेकशील दलले उक्त प्रमाणहरु अख्तियारमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
पार्टी सभापति देउवालाई उक्त काण्डमा मुछेको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आरोप पुष्टि गर्नका लागि समेत चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया