तनहुँ । अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।
बन्दीपुर गाउँपालिका-४ सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई मारेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भानु नगरपालिका-१ कल्याणटार बस्ने बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन् । करेन्ट लगाई माछा मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई माछा मार्न प्रयोग भएको मेशिन तथा टाँगा सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा जनही ५ हजार रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया