धोनीकी छोरीलाई बलात्कारको धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी ५ वर्षीया छोरीलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

उनलाई गुजरातको कच्छ जिल्लाबाट पक्राउ गरिएको हो । कोलकता नाइट राइडर्ससँगको म्याचमा चेन्नई हारेपछि ति व्यक्तिले धोनीकी छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।

गुजरात पुलिसले उनलाई पक्राउ गरेको हो । उक्त व्यक्ति १२ औँ कक्षामा पढ्ने रहेको बताइएको छ । धम्की पछि धोनीको फार्म हाउस राँची सुरक्षा कडा पारिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?