कोरोना कहरकाबीच परीक्षा सञ्चालन गर्न लोकसेवाले ल्यायो नयाँ मापदण्ड

काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्दै परीक्षा सञ्चालन गर्न नयाँ मापदण्ड ल्याएको छ ।

कोरोना संक्रमणबाट आयोगले लिने प्रयोगात्मक परीक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि नयाँ मापदण्ड ल्याइएको आयोगले जनाएको छ ।

सरकारले संक्रमणको जोखिम न्यूनिकरण गर्दै परीक्षा सञ्चालन गर्न अनुमती दिएसँगै आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि नयाँ मापदण्ड सम्बन्धी कार्यविधि ल्याएको हो ।

आयोगले ल्याएको कार्यविधि अन्तर्गत कोरोना पोजेटिभ भएका परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्न पाउने छैनन् ।

साथै परीक्षार्थी स्वयमले नै आफूमा संक्रमण भए नभएको घोषणा गर्नुपर्ने पनि आयोगले ल्याएको कार्यविधिमा उल्लेख गरिएको छ ।

आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारी गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नयाँ मापदण्ड ल्याइएको हो ।

कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु सञ्चालन गर्नका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ।

 

संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पढ्न तलको लिंक क्लिक गर्नुहोस्

 

संक्रमणको_विशेष_अवस्थामा_परीक्षा_(सञ्चालन_तथा_व्यवस्थापन)_सम्बन्धी_मापदण्ड,_२०७७

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?