संसारका ६ डरलाग्दा पेन्टिङ !

काठमाडौं । पेन्टिङहामी अधिकांशलाई मन पर्छ । तर विश्वमा त्यस्ता पनि पेन्टिङ छन्, जसले सबैमा त्रास पैदा गरेको छ । आज हामी तपाईलाई विश्व्का डरलाग्दा ६ पेन्टिङको बारेमा जानकारी दिदैछौँ ।

 

१. यो पेन्टिङ स्पेनिस कलाकार फ्रान्सिस्को गोया नामका पेन्टरले सन् १८१९ र १८२३ को बीचमा बनाएक थिए । उनले यो आफ्नो घरको ढोकामा पेन्ट गरेका थिए । उनको मृत्युपछि यसलाई क्यानभासमा बनाइएको थियो ।

saturnotext.jpg

२. The Anguished Man लाई संसारकै सबैभन्दा डरलाग्दो पेन्टिङ्ग्स मानिन्छ । यो कसले र कहिले बनाएको हो भन्ने बारेमा केहि पनि जानकारी छैन । मिडियाका अनुसार सीन रोभिन्सन नामका व्यक्तिले यसलाई आफ्नो घरको बक्समा पाएका थिए । यो देखेपछि उनी धेरै डराए । त्यसपछि उनले यसलाई कसैले नदेख्ने ठाउँमा लुकाएका थिए ।

the_anguished_man.jpg

३. The Crying Boy पनि भयावह पेन्टिङ्गमा गनिन्छ ।, यो दोश्रो विश्व युद्धताका बनाईएको थियो । भनिन्छ, यो पेन्टिङ्ग जहाँ राखिन्छ, त्यहाँ आगो लाग्छ, यसलाई इटालीका कलाकार ब्रुनो एमेडियोले बनाएका थिए ।

the_crying_boy.jpg

४. The Stagecraft पेन्टिङ्ग लौरा पीले बनाएका थिए । यो पेन्टिङ्ग उनले एक फोटोग्राफरको फोटोबाट प्रेरित भएर बनाएका थिए । उनले बनाएको बेला गाडा नजिक कोहि पनि मानिस थिएनन् तर बनाएपछि त्यहाँ एक मानिस स्वयं देखिन थाले ।

the_stagecraft.jpg

५. Love Letters Replica नामको एक पेन्टिङ्ग भूतको मान्ने गरिन्छ । यो पेन्टिङ्गमा एक बच्ची छिन् । उनले हातमा गुलाफ र पत्र लिएकी छन् । उनी सामन्था होस्टन एक अमेरिकी सीनेटरकी छोरुी थिइन् । जसको ४ वर्षको उमेरमा सिँढीबाट लडेर मृत्यु भएको थियो । भनिन्छ, यो तस्वीर एक मिनेट भन्दा धेरै हेरियो भने उसमा भाव बदलिन थाल्छ ।

love_letters_replica.jpg

६. The Rain Woman यो पेन्टिङ्ग युक्रेनका कलाकार स्वेतलाना टेलेट्सले बनाएका थिए । यो पेन्टिङ्गमा वर्षाको बीचमा एक स्त्रीको आकृति देखिन्छ । यो तस्वीर मात्र ५ घण्टामा उनले बनाएकी थिइन् । उनले भनेकी थिइन् कि, मलाई लागिरहेको थियो, मलाई कसेले हात समातेर बनाईदिँदैछ ।

the_rain_woman.jpg

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?