काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले माथिल्लो तहका नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
नेता गुरुङले भष्ट्राचारको विषयमा नेताहरुबीचको आरोप प्रत्यारोले मात्र समस्या समाधान नहुने भन्दै त्यस्तो माग गरेका हुन् । उनले भनेका छन्, “आरोप प्रत्यारोपले भ्रष्ट प्रबृत्तिको अन्त्य हुँदैन। तसर्थ उच्च पदमा पुगेका नेता र कर्मचारीहरुको सम्पत्ति छानवीन गरौं।”
केही दिन अघि एक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नाम नै तोकेर बहालवाला प्रधानमन्त्री देखि पूर्व प्रधानमन्त्रीहरु समेतले गरेको भष्ट्राचारको प्रमाण आफूसँग भएको बताएका थिए ।
त्यसमा पूर्व प्रधानमन्त्री एवम कांग्रेस सभापति देउवाको समेत नाम जोडिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आरोप पुष्टि गर्न चुनौती दिएको छ ।
नेता गुरुङले आरोप प्रत्यारोले समस्या समाधान नहुने भन्दै अख्तियारले उक्त कुराको छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् । तर अख्तियारले उक्त कुराको छानबिन गर्न नसक्ने भन्दै आपत्ती जनाएका छन् । साथै अख्तियाले उक्त कुरा गर्न नसक्ने भन्दै नेताहरुले अधिकार सम्पन्न छानवीन आयोग गठन गर्नको लागि समेत आह्वान गरे ।
उनले भने, “अदुअआको हैसियत दुनियाँलाई थाहै छ। यो काम अदुअआले गर्न सक्दैन। नेताहरुको हिम्मत भए अधिकार सम्पन्न छानवीन आयोग गठन गरौं। उनले थपे, “पारदर्शिता बिनाको लोकतन्त्र निरर्थक हुन्छ।”
आरोप प्रत्यारोपले भ्रष्ट प्रबृत्तिको अन्त्य हुँदैन। तसर्थ उच्च पदमा पुगेका नेता र कर्मचारीहरुको सम्पत्ति छानवीन गरौं। अदुअआको हैसियत दुनियाँलाई थाहै छ। यो काम अदुअआले गर्न सक्दैन। नेताहरुको हिम्मत भए अधिकार सम्पन्न छानवीन आयोग गठन गरौं। पारदर्शिता बिनाको लोकतन्त्र निरर्थक हुन्छ।
— Dhan Raj Gurung (@dhanrgrg) October 12, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया