इंल्याण्डद्वारा बेल्जियम पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियम पराजित भएको छ । आइतवार राति भएको खेलमा बलियो प्रतिद्वन्दी इंल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंल्याण्डले जित निकालेको हो । खेलको १६ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।

England vs Belgium result: Five things we learned as Three Lions come from  behind to win | The Independent

तर, खेलको ३९ औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंल्याण्डलाई खेलमा फर्काए । त्यसपछि खेलको ८५ औं मिनेटमा माउन्टले गोल गर्दै इंल्याण्डलाई २-१ को जित दिलाए ।

जितसँगै इंल्याण्ड लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंल्याण्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?