काठमाडौं । आईपीएलको १३ औँ सीजनको २८ औँ म्याचमा आज कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदैछ ।
आज साँझ शारजाहमा हुने खेलमा कोलकतालाई हराउँदै ब्यांग्लोर अंक तालिकामा अगाडि बढ्न चाहान्छ ।
अंकतालिकामा कोलकता तेश्रो र ब्यांग्लोर चौथो स्थानमा रहेका छन् ।
दुबै टीमबीच भएका पछिल्ला ५ खेलमा ब्यांग्लोरले मात्र एकपटक नै कोलकतालाई पराजित गर्न सकेको छ ।
आजको खेल जित्दै कोलकता जितको ह्याट्रीक गर्ने दाउमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया