सरकारले खोलिदियो विदेशी मदिरा आयात

सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । असोज २२ मा बसेको मन्त्रिपरिषद् बैठकले मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोभिड–१९ का कारण लकडाउन गरिएसँगै विदेशी मुद्रा सञ्चितिमा असर पर्ने भन्दै सरकारले मदिरासहित ५० लाखभन्दा बढी मूल्यका सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो । गत वर्ष चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले विदेशी मदिरासहित महँगा सवारी, छोकडा र मरिच आयातमा पनि प्रतिबन्ध लगाएको थियो ।
नेपालमा बढी आयात हुने वस्तुमध्ये मदिरा पर्छ । कान्तिपुरमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?