कोरोनाबाट महिलाको मृत्यु

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनीको उपचारका क्रममा आइतवार साँझ मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?