कोरोनाकै अवधिमा विदेशबाट हालसम्म कति नेपाली फर्किए ?

appharu
0
Shares

कोरोनाभाइरसको महामारीका बीच विभिन्न देशमा रहेका नेपालहरु स्वदेश फर्किरहेका छन् । खाडी मुलुकसहित विश्वका ३२ मुलुकबाट आइतबारसम्म स्वदेश फर्किनेको संख्या १ लाख नाघिसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार आइतबारसम्म १ लाख २ हजार ४३६ नेपाली स्वदेश फर्किएका छन् ।

फर्किनेमध्ये धेरैजसो वैदेशिक रोजगारका क्रममा खाडी मुलुक तथा मलेसियामा पुगेका नेपाली श्रमिकहरु रहेका छन् । हालसम्म सर्वाधिक धेरै युएईबाट २९ हजार ४३२ नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै साउदी अरबबाट १५ हजार ६४७, कतारबाट १६ हजार ३४०, कुवेतबाट ९ हजार ५२०, मलेसियाबाट १४ हजार ७१०, बहराइनबाट १३९९ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाभाइरसका कारण उडान प्रभावित भएपछि सरकारले उद्दार उडान सञ्चालन गरेको थियो भने पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित उडानमार्फत समेत नेपाल आउन अनुमति दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?