नाडालले जिते फ्रेन्च ओपनको उपाधि

फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फ राफेल नाडालले उपाधि जितेका गरेका छन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो १३ औं पटक हो ।
विश्व वरीयतामा नम्बर २ रहेका स्पेनिस स्टार नाडालले पहिलो वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै १३ औं उपाधि हासिल गरेका हुन् ।
नाडालले ६–०, ६–२ र ७–५ को सेटमा जित हासिल गरेका हुन् । खेलको सुरुवातदेखि नै जोकोभिचमाथि नाडाल हावी भएका थिए ।
नाडालको यो २० औं ग्रान्ड स्लाम उपाधि हो । उनले सर्वाधिक ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररको बराबरी गरेका छन् । रोजर फेडेररले पनि कुल २० ग्रान्ड स्लाम हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?