अनेक लुक्सका अमिताभ, जसले बलिउडमा राज गरे

सुपरस्टार अमिताभ बच्चन ७८ वर्षमा प्रवेश गरेका छन् । उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् ।
फिल्म पा मा अमिताभको लुक्सले फ्यानहरुलाई छक्क पारेको थियो । यसमा उनले प्रोग्रेरिया नामक दुर्लभ रोगसँ जुधिरहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वाह गरेका थिए । यस फिल्ममा अमिताभका छोरा अभिषेक भने उनको बाबुको भूमिका थिए ।

फिल्म झुम बराबर झुममा अमिताभको निकै छोटो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यानहरुबीच निकै लोकप्रिय भयो ।
फिल्म शहंशाहमा अमिताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फिल्ममा उनी न्याय दिने एक व्यक्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हुलिया बदलेर बाहिर निस्कन्छ ।

फिल्म १ सय २ नटआउटमा अमिताभले १ सय २ वर्षका व्यक्तिको भूमिका निभाएका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुलाबो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबीलगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक महिलाको भूमिकामा देखिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?