निकुञ्ज सुरक्षामा खटिएको विक्रमप्रसादको मृत्यु

नपलपुर । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ ।

निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको संक्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

बिहीबार एक्कासि बिरामी परेको हात्तीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । विक्रमप्रसादको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको रामको भनाइ छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा चितवन राष्ट्रिय निकुञ्जका तीन हात्तीको मृत्यु भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?